
काठमाडौँ । लेबनानबाट सिरियातर्फ एक लाख शरणार्थी प्रस्थान गरेका छन् ।
इजरायलले पछिल्ला केही दिनयता लेबनानी हिजबुल्लाह समूह लक्षित गरेका लगातारका हवाई आक्रमणका कारण करिब एक लाख व्यक्ति लेबनानबाट सिरियातर्फ भागेका संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले सोमबार बताउनुभएको छ । उहाँका अनुसार यो सङ्ख्या दुई दिनमा बढेर दोब्बर भएको छ ।
उहाँले सामाजिक सञ्जाल एक्समार्फत द्वन्द्व प्रभावित भई लेबनानबाट सिरिया प्रवेश गर्ने मानिसहरूको सङ्ख्या उल्लेख गर्नुभएको हो । विस्थापित हुने क्रम निरन्तर जारी छ ।
उहाँले उक्त स्थानमा संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (युएनएचसीआर) ले “नयाँ आगमनलाई सहयोग गर्न स्थानीय अधिकारी र सिरियाली रेड क्रिसेन्ट सँगसँगै सीमाक्षेत्रका विभिन्न चार केन्द्रमा उद्धारकर्मी परिचालन गरेको छ । युएनएचसीआरले एक हप्ता अघिदेखि शनिबारसम्ममा लेबनानबाट सिरियातर्फ विस्थापितहरूको व्यापक भीड लागेको छ ।
इजरायलले पछिल्लो समयमा इरानको क्षेत्रीय सहयोगी हिजबुल्लाहलाई लक्षित गर्दै लेबनान र गाजा पट्टीलाई समावेश गर्न आफ्नो आक्रमण विस्तार गरेको छ । लेबनानमा हिजबुल्लाहका लक्ष्यहरूमा गरिएको आक्रमणमा शुक्रबार यसका नेता हसन नसरल्लाहको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गत सातामा इजरायली बमबारीले लेबनानमा दुई दिनको अवधिमा १४ जना प्यारामेडिक्ससहित ७०० भन्दा बढीको ज्यान गएको छ ।
युएनएचसीआरका अनुसार शुक्रबारसम्म ३० हजार मानिस सिरियामा प्रवेश गरिसकेका थिए । सिरियामा युएनएचसीआरका प्रतिनिधि गोन्जालो वर्गास लोसाले विस्थापित हुनेमा करिब ८० प्रतिशत सिरियाली र २० प्रतिशत लेबनानी नागरिक रहेको बताउनुभएको छ । उहाँका अनुसार उनीहरु मध्ये ‘अधिकांश महिला तथा बालबालिका’ रहेका छन् ।
निरन्तरको युद्ध र बम विस्फोटबाट भागेका मानिसहरू थकित, तथा सहायताको अभावको सामना गर्दै सिरिया आइपुगेको बताउदै उनीहरुलाई सहयोगको आवाश्यकता रहेको उल्लेख गर्नु भएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति