
नुवाकोट । काठमाडौँबाट पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना भएको छ ।
पोखरा जाँदै गरेको पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नम्बर माइक्रोबस आज छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा दुर्घटना भएको हो । दुर्घटनामा १२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी प्रमुख कोइरालाका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस दिउँसो १ बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट करिब ५० मिटर तल पुगेको घटनास्थल पुग्नुभएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
भारतीका अनुसार बसमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलमा ठूलोभीर भएपनि मौवाको रुखमा गाडी अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति