
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका ७ जना अझै बेपत्ता छन् ।
शुक्रबार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना सम्पर्कविहीन भएको वडाध्यक्ष लक्ष्मण लामा दोङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा स्थानीय मिङ्मार रिन्जेन शेर्पा, लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । पहिरोले घर पुरिएकासहित गरी स्थानीय शाङ्मो शेर्पा, ढेन्डु शेर्पा, साडलो शेर्पा, ढोमा शेर्पा सम्पर्कमा छैनन् ।
वडाध्यक्षका अनुसार स्थानीयले हेर्दा तेम्बाथाङ अगाडि र तेगा नजिकै पनि पहिरो गएको देखिएको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले हेलिकप्टरमार्फत उक्त स्थान निरीक्षण गर्नुभएको छ । तेगा पहिरोपीडितका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति