
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई तुरुन्तै हिंसा रोक्न आग्रह गर्नुभएको छ ।
बेरुतमा इजरायली हवाई आक्रमणमा परी हेजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युपछि गुटेरेसले यो टिप्पणी व्यक्त गर्नुभएको हो ।
सामाजिक सञ्जाल एक्समार्फत गुटेरेसले भन्नुभयो “विगत २४ घण्टामा बेरुतमा भएका घटनाहरुमा म गम्भीर चिन्तित छु। हिंसाको यो चक्र तत्काल बन्द हुनुपर्छ ।”
‘लेबनानी जनता, इजरायली जनता साथै सम्पूर्ण क्षेत्र युद्धको खर्च वहन गर्न सक्दैनन्’ उहाँले बतउनुभयो ।
यसैबीच,संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले एक्समा एउटा पोस्ट साझा गर्दै भन्यो– ‘लेबनानको त्रासदी माथि त्रासदी थपिँदै छ । हाल हिंसाको वृद्धिले हजारौँको ज्यान लिएको छ र मानिसमा अकल्पनीय डर पैदा गरेको छ । लेबनानका बालबालिकाका लागि विशेष व्यवस्था गर्न आवश्यक छ ।’
इजरायली रक्षा बल (आईडीएफ) ले पनि शनिबार बेरुतको दहिह जिल्लामा गरेको आक्रमणमा वरिष्ठ हिजबुल्लाह गुप्तचर हसन खलील यासिनको मृत्यु भएको सेनाले जनाएको छ ।
यसैबीच, हिजबुल्लाहले बेरुतमा भएको इजरायली हवाई आक्रमणमा आफ्ना नेता हसन नसरल्लाहको मृत्युलाई आधिकारिक रूपमा स्वीकार गरेको सिएनएनले जनाएको छ ।
लेबनानको स्वास्य्म मन्त्रालयले हसन नसरल्लाहलाई लक्षित गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु र दर्जनौँ घाइते भएको जनाएको छ।
साथै, नसरल्लाहको मृत्युपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आयातोल्लाह शासनलाई चेतावनी दिँदै इजरायललाई लक्षित आक्रमण गर्नेले भयानक परिणाम भोग्नुपर्ने र इरान वा मध्यपूर्वको कुनै पनि स्थान इजरायलको पहुँचभन्दा बाहिर नभएको बताउनुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति