
काठमाडौँ । रूसले सय भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ ।
रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । ‘करिब १२५ युक्रेनी ड्रोन रुसी हवाई रक्षा प्रणालीद्वारा नष्ट गरिएको छ’ मन्त्रालयले टेलिग्राममा भनेको छ ।
दक्षिणी रूसको भोल्गोग्राद क्षेत्रमा ६७ वटा ड्रोन नष्ट गरिएको गभर्नर आन्द्रे बोचारोभले बताउनुभयो । त्यसैगरी, बेलगोरोड क्षेत्रमा १७ र भोरोनेज क्षेत्रमा १७ वटा ड्रोन नष्ट गरिएको गभर्नर अलेक्सान्डर गुसेभले बताउनुभयो । भोरोनेज सहर र यसको उपनगरमा ड्रोन खस्दा दुई आवासीय भवनमा आगलागी भएको तर कुनै हताहती नभएको उहाँले बताउनुभएको छ ।
रोस्तोभ क्षेत्रमा थप १८ वटा ड्रोन नष्ट गरिएको गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताउनुभयो । ब्रायन्स्क, कुस्र्क र क्रास्नोडार क्षेत्रमा एक÷एक युक्रेनी ड्रोन नष्ट गरिएको र आजभ सागरमा तीन ड्रोन नष्ट गरिएको रक्षा मन्त्रालयले बताएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति