
काठमाडौँ । तीन दिनेदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोको प्रभावले राजधानीमा अन्य समयको तुलनामा कम मात्रामा फलफूल तथा तरकारी भित्रिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्रिएको थियो । आज भने ३८ टन मात्र फलफूल र तरकारी भित्रिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभएको छ । सामान्य अवस्थामा राजधानीमा छ सयदेखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्रिने गरेको भन्दै आज ३८ टन मात्रै भित्रिएको उहाँले जानकारी दिनुभयो ।
पूर्वी एवं मध्य नेपालमा पछिल्लो तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएकाले कम फलफूल तथा तरकारी भित्रिएको हो । थोरै सामान भित्रिएपछि फलफूल र तरकारीको मूल्य सतप्रतिशत बढेको सूचना अधिकारी श्रेष्ठले उल्लेख गर्नुभयो ।
राजधानीमा छिमेकी जिल्लाहरु धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकका साथै मधेश प्रदेशका केही जिल्ला तथा मित्रराष्ट्र भारतबाट पनि फलफूल तथा तरकारी आउने गरेको समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति