
तनहुँ । तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले तनहुँको विभिन्न स्थानमा विद्युत् खम्बा ढालेर क्षति बनाएको छ । अधिकांश स्थानमा विद्युत् खम्बा ढलेले विद्युत् सेवा अवरुद्ध भएको छ ।
पानी पर्न रोकिएसँगै क्षति भएका पोलको मर्मतसम्भार गरी सेवा नियमित सञ्चालनको प्रयास थालिएको तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले बताउनुभयो । ‘हालसम्म २० वटा विद्युत्का खम्बामा क्षति पुगेको जानकारी पाएका छौँ’ उहाँले भन्नुभयो– ‘अहिले पनि ठाउँठाउँबाट खम्बा ढलेको जानकारी आइरहेको छ ।’
भानु–४ सेपाबगैँचा क्षेत्रमा मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको छभने धार्मिक पर्यटक क्षेत्र छाब्दी बाराही क्षेत्रमा विद्युत्का खम्बा ढलेपछि दमौली फिडरबाट विद्युत् सञ्चालन गरिएको छ ।
व्यास नगरपालिका–१२ घाँसीकुवा, कमलबारीमा र व्यास–१ कराङकाठस्थित दमौली बसपार्क नजिकै रहेको बुल्दी खोला छेउमा तीन खम्बा ढालेर क्षति बनाएपछि मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको केन्द्रका इञ्जिनियर रेग्मीले जानकारी दिनुभयो ।
‘विद्युत् लाइन अवरुद्ध नभएका, भिरालो जमिन चर्किएर पहिरो खस्ने अवस्थामा रहेका र खम्बा ढल्किएका धेरै छन्’ उहाँले भन्नुभयो– ‘पहिलो प्राथामिकता विद्युत् अवरोध भएका स्थानलाई दिएर काम गरिरहेका छौँ ।’
बन्दीपुर–६ को समस्तीपुर र मास्दीघाट क्षेत्रका अधिकांश स्थानमा विद्युत्का खम्बा ढलेका इञ्जिनियर रेग्मीले बताउनुभयो । सो क्षेत्रमा मर्मत कार्य बाँकी छ । बन्दीपुर–६ साराङको सबस्टेशनको खम्बा ढलेर क्षति हुँदा करिब तीन हजार बासिन्दा प्रभावित भएका छन् ।
सबस्टेशनबाट जिल्लाका देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका र बन्दीपुर गाउँपालिकाका केही वडाका बासिन्दाले विद्युत् प्रयोग गर्दै आएका छन् । लमजुङको सोती बजार ‘फिडर’ र थर्पु बजार क्षेत्रमा भने क्षति कम भएको जानकारी प्राप्त भएको तनहुँ वितरण केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति