
काभ्रे । पनौती घुम्न आउने पर्यटकलाई निःशुल्क ‘सम्पदा–पासपोर्ट’ (अनुमतिपत्र) प्रदान गर्न थालिएको छ ।
पनौती पर्यटन विकास केन्द्रले विश्व पर्यटन दिवसको अवसर परेर यहाँ आउने पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्न थालेको हो । केन्द्रले पनौतीका महत्वपूर्ण धार्मिक, ऐतिहासिक महत्वका क्षेत्र, विभिन्न जात्रा तथा पर्व, सम्पदा, पदमार्ग नक्शासहितको पासपोर्टको शुरुवात गरेको केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकको सहजता र पनौतीको सम्पदाको जीवन्तताका लागि पासपोर्ट महत्वपूर्ण हुनेछ ।
हाल सम्पदा क्षेत्रमा रङ्गरोगन, पर्यटकको आवागमनका लागि निःशुल्क सवारीसाधनको व्यवस्थापन तथा सञ्चालन, स्थानीयलाई सुकुल ९गुन्द्री० बनाउने तालिम लगायत कार्यक्रम सञ्चालन गरी स्थानीयलाई स्वरोजगारका अवसर सिर्जना गर्न थालिएको कर्माचार्यले बताउनुभयो ।
पनौतीका महत्वपूर्ण क्षेत्रको भ्रमणमा सहयोग पु-याउने उद्देश्यले ‘क्युआरकोड’सहितको पासपोर्ट सञ्चालनमा ल्याएको बताउँदै अध्यक्ष कर्माचार्यले पासपोर्टमा यस क्षेत्रको संक्षिप्त विवरणसहित धामिर्क तथा ऐतिहासिक महत्व, जात्रा, पर्वलगायत विविधताका बारेमा उल्लेख गरिएको जानकारी दिनुभयो । युनेस्कोद्वारा २५ वर्षअघि यस क्षेत्रलाई ऐतिहासिक क्षेत्रका रुपमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव गरिएको थियो ।
पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । पनौती–५, ६ र ७ मा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा छन् । फ्रान्स सरकारको सहयोगमा विसं २०४८ देखि विसं २०५५ सम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको दूरीमा तथा व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।
केन्द्रले नयाँ पर्यटकको स्वागत गर्न एवं मायाको चिनोका रुपमा पासपोर्ट दिने व्यवस्था गरिएको जनाएको छ । विश्वसम्पदामा सूचिकृत गर्न प्रास्तावित पनौती शहरलाई विश्वजगत्मा चिनाउन ‘पनौती हेरिटेज पासपोर्ट’ले सहयोग पुर्याउने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति