
पर्सा । जिल्लाका उद्योगी–व्यवसायीले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणको माग गरेका छन् ।
मुलुकको प्रमुख औद्योगिक करिडोर वीरगञ्ज–गण्डक–पथलैयाका उद्योगबाट उत्पादन भएका सामग्री प्रदर्शन एवं प्रवर्द्धन गर्न त्यस्तो स्थल निर्माणको माग प्रदेश सरकारसमक्ष गरेका हुन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग शनिबार भेटमा उद्योगी–व्यवसायीहरूले पर्सामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणको माग गरेका वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले बताउनुभयो ।
‘सङ्घले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रका लागि आवश्यक पर्ने जग्गाको व्यवस्था मिलाइसकेको छ । प्रदेश सरकारले आवश्यक बजेट प्रबन्ध गरिदिएको खण्डमा निर्माण गर्न सकिन्थ्यो’ उहाँले भन्नुभयो– ‘प्रदेश सरकार र निजी क्षेत्र दुवैले हातेमालो गरेर अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउनुपर्छ ।
प्रदर्शनीस्थल निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न सुझाउँदै मुख्यमन्त्री सिंहले त्यसनिम्ति बहुवर्षे योजनाअन्तर्गत बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष अग्रवालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति