
काठमाडौँ। अविरल वर्षाले विद्युत् आपूर्ति प्रणालीमा अवरोध हुँदा काठमाडौँसहित मुलुकका अधिकांश स्थानमा विद्युत् काटिएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौंँ उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । उपत्यकामा विद्युत् माग सामान्य अवस्थामा करिब चार सय मेगावाट हुने गरेकामा आज दुई सय मेगावाटको हाराहारीमा मात्रै रहेको उहाँले बताउनुभयो ।
बानेश्वर ‘सबस्टेसन’बाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका ‘फिडर’समेत प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द भएका प्रवक्ता घोषले जानकारी दिनुभयो ।
लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रिधारा, टेकु सबस्टेसनबाट आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालीमाटी, चक्रपथ र चमती, नयाँ चाबहिल सबस्टेसनबाट आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका कलङ्की, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् ।
प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालनमा ल्याउन प्राधिकरणको टोली खटिएको जानकारी दिनुभयो । धेरै ठाउँ जलमग्न भएका तथा नदीहरुमा जलसतह बढेकाले लाइन सञ्चालनमा असहज भइरहेको उहाँले उल्लेख गर्नुभयो । साथै देशका अन्य स्थानमा पनि बिजुली आपूर्तिमा कठिनाइ उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति