
काठमाडौँ । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यूयोर्कमा २ घन्टा डिनर वार्ता गरेको सञ्चारमाध्यमले जनाएका छन् । बेलायतका नयाँ प्रधानमन्त्री र अमेरिकाका पूर्वराष्ट्रपतिबीचको यो पहिलो भेटवार्ता हो ।
बिबिसी, द गार्जियन र द डेली मेलका अनुसार नोभेम्बरको अमरिकी निर्वाचनमा रिपब्लिकन उम्मेदवार ट्रम्पले बिहीबार ट्रम्प टावरमा लेबर पार्टीका नेता स्टार्मरलाई आतिथ्यता गर्नुभएको थियो । ‘मलाई वास्तवमै उहाँ राम्रो लाग्नुहुन्छ, उहाँले ठूलो दौड लगाउनुभएको छ, उहाँले अत्यन्त राम्रो प्रदर्शन गर्नुभएको छ, यो धेरै राम्रो शुरुवात हो, उहाँ धेरै लोकप्रिय हुनुहुन्छ’ भेटघाटअघि ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो ।
स्टार्मरले जुलाईमा बेलायतको आम निर्वाचनमा १४ वर्षपछि कन्जरभेटिभहरूलाई सत्ताबाट हटाउँदै भारी मतले निर्वाचन जित्नुभएको थियो । स्टार्मरले अमेरिकी निर्वाचनका दुवै उम्मेदवारसँग भेट्नु आफ्ना लागि महत्त्वपूर्ण भएको तर ‘अति व्यस्त कार्यतालिका’ का कारण उपराष्ट्रपति एवं डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिससँग भेटघाट तय गर्न सम्भव नभएको बताउनुभयो । ‘हामीलाई अहिले ट्रम्पसँग भेट्ने अवसर छ, यो राम्रो कुरा हो’ उहाँले भन्नुभयो ।
ट्रम्प र स्टार्मरसँग विगतमा ट्रम्पका बारेमा कडा टिप्पणीहरू गर्नुभएका बेलायतका विदेशमन्त्री डेभिड लामी पनि सहभागी हुनुहुन्थ्यो । सन् २०१८ मा लामीले ट्रम्पलाई ‘महिलालाई घृणा गर्ने, नव–नाजी समर्थक समाजविरोधी’ भन्नुभएको थियो ।
यद्यपि लामी यस वर्षको प्रारम्भमा बढी कूटनीतिक हुनुभएको थियो । उहाँले एउटा सम्बोधनमा ट्रम्पको ‘युरोपेली सुरक्षाप्रतिको दृष्टिकोणलाई प्राय गलत बुझिएको’ बताउनुभएको थियो ।
बेलायती प्रधानमन्त्री स्टार्मरले निर्वाचनमा तटस्थ दृष्टिकोण अपनाउनुभएको छ । यद्यपि विश्लेषकहरूले विशेषगरी नाटो र युक्रेनप्रति ट्रम्पको समर्थनमा आशङ्का रहेकाले उहाँको राष्ट्रपतित्वले कठिनाइ सिर्जना गर्नसक्ने बताएका छन् ।
स्टार्मर राष्ट्रसङ्घीय महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएको हो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति