
पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका सञ्चालक तथा पूर्वडिआईजी छविलाल जोशीलाई अनुसन्धानको लागि थप ७ दिन हिरासतमै राखिने भएको छ ।
जिल्ला अदालत कास्कीले जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । असोज ६ गतेमा काठमाडौँको शंखमूलबाट पक्राउ परेका जोशीलाई त्यही दिन पोखरा ल्याइएको हो । जोशीलाई असोज ७ गते अदालतमा उपस्थित गराएर हिरासत राख्ने अनुमतिसहित अनुसन्धान थालिएको हो ।
प्रहरी हिरासत रहेका जोशीले गितेन्द्रबाबु (जीबी) रार्ईको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको बयान दिएका छन् । जोशीले गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको बयानमा उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति