
दाङ । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल ८ वर्षमा निर्माण भएपछि स्थानीय खुशी भएका छन् ।
तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण थालिएको ८ वर्षमा पुल सम्पन्न भएको हो । विसं २०७५ चैत १८ गते काम पूरा गर्नेगरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते सम्झौता भएको थियो । भ्याटबाहेक १० करोड ५० लाख २१ हजार ४ सय रुपैयाँमा पुल निर्माण भएको हो ।
व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माण विवादमा परेको थियो । त्यही विवादलाई देखाउँदै पटक–पटक निर्माण कम्पनीले म्याद थप गरिएको थियो । यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने गरेको थियो । तर अहिले पुल बनेपछि निकै सहज भएको अटोचालक सुरेश परियारले बताउनुभयो ।
‘वर्षातमा निकै समस्या हुने गरेको थियो, पानीको बहाब बढ्दा एक घण्टाभन्दा बढी लगाएर खैरा हुँदै तुलसीपुर जानुपर्ने अवस्था थियो, अहिले त्यो समस्या हटेको छ’ परियारले भन्नुभयो ।
पुल निर्माणका लागि स्थानीयले दबाब दिँदै आएका थिए । पुलको शिलान्यास कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति