
पर्सा । औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बनाएको वीरगञ्जमा ४५औँ अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको छ ।
वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले आज वीरगञ्ज भन्सार नाका हुँदै जनकपुरधाम र पशुपतिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकलाई वीरगञ्जको शङ्कराचार्य गेटमा भव्य स्वागत गरेर दिवस मनाएका हुन् ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले ४५औँं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा वीरगञ्जको शङ्कराचार्य गेटमा एक विशेष कार्यक्रम गरेर भारतीय पर्यटकलाई भव्य स्वागत गरिएको बताउनुभयो । ‘‘वीरगञ्ज औँद्योगिक र व्यापारिक नगरीको साथसाथै धार्मिक पर्यटनको उच्च सम्भावना भए पनि पर्यटन क्षेत्रले आशातित् विकास हुने अवसर पाएको छैन’ उहाँले भन्नुभयो– ‘,‘‘वीरगञ्जमा चारवटा तारेहोटसहित ८५ भन्दा धेरै होटल रहेका छन् । तर,वीरगञ्जमा अपेक्षाकृत ढङ्गले पर्यटकको बसाइ बढाउनेतर्फ अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।’’
वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारेहोटल पनि सञ्चालनमा रहेका छन् । वीरगञ्ज भन्सार नाका हुँदै भारतीय पर्यटकहरु पशुपतिनाथ, जनकपुर, गढिमाई र मुक्तिनाथ लगायतका धार्मिकस्थलमा जाने गरेका छन् ।
‘हामीले वीरगञ्जको पर्यटन क्षेत्रको प्रवद्र्धन र सम्वद्र्धनका लागि विभिन्न पर्यटकीय गतिविधि गर्दै आइरहेका छौैँ’ उहाँले भन्नुभयो,‘‘सरकारले पनि आवश्यक पर्यटकीय क्षेत्रको प्रवद्र्धनात्मक कार्यक्रममा सहयोग गर्न आवश्यक भइसकेको छ ।’ अध्यक्ष पन्तले वीरगञ्जमा औद्योगिक तथा व्यापारिक सहरको साथसाथै पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार वीरगञ्जमा पछिल्लो समय सुविधा सम्पन तारे होटल तथा रिसोर्टहरु सञ्चालनमा आएका छन् ।
वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, लगायतका छन् । वीरगञ्जको पर्यटन क्षेत्र आन्तरीक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले धानिरहको व्यवसायी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन