
म्याग्दी । कास्कीको नयाँ पुुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएको छ ।
तेह्र वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–सरौ–ताङले–भूमरकोट–फलाते–डाँडाकेटेरो–थामको डिल–हम्पाल–जलजला–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएको हो ।
पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले आधारभूत स्तरको पूर्वाधार तयार भएको पदमार्ग ४५औँ विश्व पर्यटन दिवसका अवसरमा बिहीबारदेखि सञ्चालन गरेको जानकारी दिनुभयो ।
‘पदमार्ग, आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन गरिएको हो’ उहाँले भन्नुभयो– ‘कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।’
विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिविस, सङ्घीयतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको १ करोड ६० लाख रुपैयाँ सहयोगमा नयाँ पुुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको खड्काले बताउनुभयो ।
ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । साथै पदमार्गमा १० वटा विश्रामस्थल निर्माण भएको छ । हम्पालबाट जलजला जोड्ने पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालुु आर्थिक वर्ष २०८१÷८२ मा ३० लाख रुपैयाँ विनियोजन गरेको प्रदेशसभा सदस्य भक्त कुँवरले बताउनुभयो ।
जलजला समुद्री सतहबाट तीन हजार छ सय १० मिटरको उचाइमा रहेको मोहेरेडाँडाबाट घोडेपानी जोड्ने पदमार्ग करिब १५ वर्षदेखि सञ्चालनमा छ । यो पदमार्गले पर्वतको मोदी गाउँपालिकाको १, २, ३ र ५ नम्बर, जलजला गाउँपालिकाको ५ र ६ तथा म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडालाई समेटेको छ ।
हिमाल, पहाडी भूगोल अवलोकन गर्दैै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्लेमा घरबास ९होमस्टे० सञ्चालन भएको छ । मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्माण समुदायको विबधितायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो ।
दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरी र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ ।
पदमार्गमा चिया पसल र रेष्टुन्ट तथा सामुदायिक लज सञ्चालन भएका छन् । पूर्वजानकारी दिइ आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुुमाउने व्यवस्था मिलाउँदै आएको छ । पदमार्ग प्रवर्द्धनका लागि गण्डकी प्रदेशस्तरीय ४५औँ विश्व पर्यटन दिवसका अवसरमा गन्तव्य प्रवर्द्धन कार्यक्रम आयोजना भएको छ ।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोग, मोदी गाउँपालिका र पोखरा पर्यटन परिषद्को सहकार्यमा टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीले कार्यक्रमको आयोजना गरेको हो ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, प्रदेशसभा सदस्य भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी पौडेल सहभागी कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता छ । नयाँपुुलबाट लौसीबोट हँुुदै पदयात्रा गरेर बिहीबार साँझ भुुकको नमूना सामुदायिक होमस्टेमा बसेको टोलीले शुक्रबार भुकबाट डाँडाकटेरे–फलामे–भुमरकोट–ताङले हुँदै सरौसम्म पदयात्रा गर्ने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
अन्नपूूर्ण चक्रीय पदमार्गको महत्त्वपूर्ण स्थल नयाँपुल र घोडेपानीलाई जोड्ने यो पदमार्गमा पर्यटक भित्र्याउनका लागि पदयात्रा आयोजना गरेको उहाँले बताउनुभयो ।
सडकका कारण पुराना पदमार्ग विस्थापित हुँदा पोखरामा आउने पर्यटकको बसाइ छोटिएकाले नयाँ गन्तव्यको पहिचान र प्रर्वद्धनमा टानले जोड दिएको अध्यक्ष आचार्यले बताउनुभयो । पोखराबाट नजिक पर्ने भएकाले पनि यो क्षेत्रमा पर्यटन विकासको सम्भावना छ ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री बस्यालले पर्यटनको विकास गरी ग्रामीण क्षेत्रको बसाइसराइ रोक्न सकिने बताउनुभयो । घरबास र पर्यटन व्यवसाय सञ्चालन गरी विदेशिन लागेका युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउन सकिने तथा पर्यटक आगमन र बसाइ लम्ब्याएर राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानी नजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुण्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषणा गरेको छ । सडकका कारण छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहायक गन्तव्य पहिचान गरेर पर्यटकको बसाइ लम्ब्याउन सरकार तथा निजी क्षेत्रले सक्रियता देखाएका छन् ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा चिनिएको घोडेपानीमा यसअघि म्याग्दीको पोखरेबगर–घार–शिख–चित्रे, कास्कीको नयाँपुल–उल्लेरी, म्याग्दीको नागी–जलजला–मोहरे, कास्कीको घान्द्रुक–टाडापानी हुँदै गइन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन