
लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तावासीले आफ्नो दैनिक जीवनयापनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अब अन्त्य भएको बताउनुभएको छ ।
शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको आज शुभारम्भ गर्नुहुँदै उहाँले झोलुङ्ग पुल निर्माणले सुस्ता क्षेत्रका नागरिकको समस्याको समाधान गरेकामा खुशी पनि व्यक्त गर्नुभयो । ‘डबल स्प्यान’को झोलुङगे पुल एक हजार ५७१ मिटर रहेको छ ।
राष्ट्रपतिले झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँंले भन्नुभयो– ‘पुलका अभावमा सरकारी सेवा लिन दुई÷तीन दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब अत्यावश्यक सेवा छोटो समयमै लिन सकिने अवस्था सिर्जना भएको छ ।’
राष्ट्रपतिले हिन्दू धर्मावलम्बीको पवित्र तपोभूमिका रुपमा रहेको त्रिवेणीधाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकसमेतलाई आकर्षित गर्ने सम्भावना बोकेको जनाउँंदै पुलको निर्माणले नेपालकै लामो झोलुङ्गे पुल भएको जिल्लाको रुपमा यस जिल्ला र क्षेत्रको नयाँ परिचय निर्माण भएको उल्लेख गर्नुभयो ।
उहाँंले नारायणी नदी पारीको भू–भागमा पुल निर्माण भइसकेपश्चात् सोही झोलुङ्गे पुलको प्रयोग गरी विद्युतीय लाइनसमेत निर्माण गर्न सम्भव भएको र सुस्तावासीलाई उज्यालो प्रदान गर्ने कार्यसमेत सम्पन्न गरेकामा निर्माणमा सहभागी सबैलाई धन्यवाद पनि दिनुभयो ।
त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता क्षेत्रका किसान अहिले पनि लालपुर्जाविहीन भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो– ‘खेतीपाती गर्दै आएका किसान अहिले पनि जग्गाको लालपुर्जाविहीन हुनुपरेकोप्रति म सरकारको ध्यानाकर्षण गराउँदछु । उहाँहरुलाई छिटो लालपुर्जा वितरणको लागि आग्रह पनि गर्दछु ।’
मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रका किसानको समस्या समाधान गरिने जनाउँदै प्रदेश सरकारबाट हुने हरेक काममा सुस्ता क्षेत्र प्राथमिकतामा परेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले नारायणी नदीमा बनेको झोलुङ्गे पुलले सुस्तामा बसोबास गर्नेलाई सबै हिसाबले समृद्ध बनाउने आशा व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति