
काठमाडौँ । देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाा पुगेको हो । यो विवरण गत साउन मसान्तसम्मको हो ।
गत असार मसान्तमा कूल विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाा बराबर थियो । त्यसमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत साउन मसान्तसम्म आइपुग्दा दुई प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड बराबर पुगेको छ ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैङ्क तथा वित्तीय संस्थामा रहेको विदेशी मुद्राको सञ्चिति दुई खर्ब आठ अर्ब ७९ करोड रुपैयाँ छ ।
चालु आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६ दशमलव सात महिनाको वस्तु आयात र १३ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति