
पर्वत । मोदी गाउँपालिका–१ भुकताङ्ले, वडा नम्बर ३ देउराली र वडा नम्बर ४ क्याङको सिमानास्थित माटेको लेकमा रहेको ढुङ्गाखानी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । ढुङ्गाखानी १७ वर्षदेखि बन्द अवस्थामा छ ।
तत्कालीन क्याङ, देउराली र भुकताङ्ले गाविस बीचको सिमाना विवादका कारण ढुङ्गाखानी बन्द भएको थियो । ढुङ्गाखानी सञ्चालन गर्न अहिलेसम्म कुनै पनि निकायले पहल गरेको छैन । मोदी गाउँपालिकाको तीनवटा वडा क्याङ, देउराली र भुकताङ्लेमा पर्ने माटेको लेकमा रहेको ढुङ्गाखानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले नोक्सानी बेहोर्नुपरेको छ । साथै स्थानीय सरकारले राजस्व गुमाएको छ । देउराली, क्याङ र भुकताङले गाविसका बासिन्दाले खानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि ढुङ्गाखानी बन्द भएको हो ।
सबैले ढुङ्गाखानीमाथि दाबी गर्नथालेपछि बन्द गरिएको तत्कालीन क्याङ गाविसका अध्यक्ष नरसिंह पुनले बताउनुभयो । ठूलाछाप सामुदायिक वनमा पर्ने उक्त ढुङ्गाखानी समुदायलाई हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको उहाँको भनाइ छ ।
खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन छ । ‘खानी सञ्चालनका समयमा दैनिक सयौँ मजदुरले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए’ अध्यक्ष पुनले भन्नुभयो । यहाँ निकालिएका ढुङ्गा पर्वत, बाग्लुङ, म्याग्दीलगायत देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजाने गरिएको उहाँले बताउनुभयो ।
खानीका ढुङ्गा सङ्कलन गरेर बिक्री गरी जीविकोपार्जन गर्दै आउनुभएका स्थानीय भानेबहादुर विकका अनुसार खानी बन्द भएपछि आश्रित परिवारको रोजीरोटी खोसिएको छ । धेरैजसो स्थानीय युवा विदेश पलायन भएका छन् । उहाँले ढुङ्गाखानीमा झण्डै १० वर्षसम्म काम गर्नुभएको थियो । जस्तापाताभन्दा ढुङ्गा बलिया र टिकाउ भएकाले धेरैले घर ढुङ्गाले छाउन मन पराउने गरेको विक बताउनुहुन्छ ।
एकपटक छाएको घर दुई/तीन पुस्तासम्म पुग्ने स्थानीयवासी बताउँछन् । खानी उत्खनन गरेर ढुङ्गा बिक्री गर्ने हो भने पनि राज्यलाई वार्षिक लाखौँ रुपैयाँ आम्दानी हुने स्थानीय राम पुनले बताउनुभयो । सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुङ्गाका पाँचवटा खानी रहेका छन् । यसअघि केहीले ढुङ्गा कुँद्ने र केहीले खानीबाट ढुङ्गा निकाल्ने गर्दै आएका थिए । उत्तरी पर्वतका अधिकांश वडाका प्रायजसो घर ढुङ्गाले छाएका छन् ।
‘पहिला खानी सञ्चालन हुँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए’ स्थानीय हर्कबहादुर पुनले भन्नुभयो– ‘अहिले रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउँमै मजदुरी गर्दै आएका छन् ।’ खानी सञ्चालन गर्न सके स्थानीयको जीवनस्तरमा परिवर्तन आउने उहाँको भनाइ छ । ‘अहिले बजारबाट जस्तापाता ल्याएर घर छाउनुपर्ने बाध्यता छ’ स्थानीय गङ्गाबहादुर विकले भन्नुभयो ।
स्थानीयलाई रोजगारी दिन खानी सञ्चालनमा ल्याउनुपर्ने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । खानी सञ्चालन गर्न डिभिजन वन कार्यालय, खानी तथा भूगर्भ विभाग लगायत सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन