+

वीरगञ्जबाट ५ अर्ब २६ करोडका सामान निर्यात

पर्सा ।  वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा  पाँच अर्ब २६ करोड ३७ लाख १० हजार रुपैयाँ मूल्य पर्ने सामान निर्यात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा  पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले  ४९ करोड ५९ लाख २८ हजार रुपैयाँ मूल्यपर्ने ६९ लाख ५३ हजार किलोग्राम पिना निर्यात भएको जानकारी दिनुभयो । विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ ।
 
चालु आवको भदौ मसान्तसम्मको ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार आठ सय चार किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ । 

त्यसैगरी, गत आवको सोही अवधिमा  २० करोड ३६ लाख ६८ हजार मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो । चालु आवको भदौसम्म १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख नौ हजार एक सय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ । 

चालु आवको भदौ मसान्तसम्मको अवधिमा  ११ करोड ८२ लाख ९९ हजार मूल्य पर्ने ५४ हजार एक सय ८२ वर्गमिटर उनी गलैँचा निर्यात भएको छ । गत आवको तुलनामा चालु आवको सोही अवधिमा उनी गलैँचा कार्पेटको निर्यातमा २० दशमलव ४३ प्रतिशतले गिरावट आएको छ ।

चालु आवको भदौ मसान्तसम्म एक अर्ब २९ करोड तीन लाख ७९ हजार मूल्य पर्ने एक करोड ३६ लाख ४५ हजार  आठ सय लिटर जुस जाम निर्यात भएको छ । गत आवको भदौ मसान्तको तुलनामा चालु आवको त्यही अवधिमा जुस जामको निर्यात भने  पाँच दशमलव ११ प्रतिशतले बढेको छ । 

चालु आवको भदौ मसान्तसम्मको अवधिमा  ११ करोड ७९ लाख ८४ हजार मूल्य पर्ने ६७ हजार तीन सय ८० किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट