
काठमाडौँ । साङ्केतिक भाषाको विकास हुन नसक्दा सुनुवाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारी, दोभाषे सेवा, राज्यको स्रोतसाधन तथा सेवासुविधाबाट वञ्चित हुनुपरेको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिमा समेत प्राथमिकतामा परेको नेपाली साङ्केतिक भाषा अनुसन्धान तथा विकास केन्द्रको स्थापना हुन नसक्दा पनि सुनुवाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति राज्यको सेवासुविधाबाट वञ्चित हुनु परेको राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभएको छ ।
बहिरा समुदाय साङ्केतिक भाषाको माध्यमबाट सञ्चार गर्ने भाषिक अल्पसङ्ख्यक समुदाय हो । सञ्चारमा अवरोध उनीहरूको पहिलो सवाल हो । साङ्केतिक भाषा बहिरा व्यक्तिको सञ्चारको पहिलो भाषा हो । ‘बहिरा नागरिकको अधिकार प्रदान गर्ने सन्दर्भमा विद्यमान कानुनी व्यवस्था र सामाजिक दृष्टिकोण अझै पनि विभेदपूर्ण रहेको छ, राज्यका नीतिनिर्माण तहमा बहिरा समुदायको प्रतिनिधित्व एवं राज्यले प्रदान गर्ने अधिकारमा बहिरा समुदायको पहुँच नाजुक रहेको छ’ अध्यक्ष केसीले भन्नुभयो ।
बहिराहरूको पहिलो भाषा नेपाली साङ्केतिक भाषामा हालसम्ममा झन्डै सात हजार सङ्केत विकास गरी शब्दकोश प्रकाशन तथा मोबाइल एप्लिकेसन विकास गरिएको छ । विगतमा एकपटक मात्रै साङ्केतिक भाषामा समाचार प्रसारण भए पनि महासङ्घको निरन्तर पहलमा सरकारी स्वामित्वको नेपाल टेलिभिजनले दैनिक रुपमा नेपाली साङ्केतिक भाषामा समाचार प्रसारण आरम्भ गरेको छ । निजी क्षेत्रका टेलिभिजनले भने अहिलेसम्म साङ्केतिक भाषामा समाचार प्रसारण गरेका छैनन् ।
नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, शिक्षा ऐनलगायत ऐनकानुनमा सुनिश्चित गरिएका बहिरा नागरिकको अधिकारमा बहिरा समुदायको अधिकार सुनिश्चित गर्न, नभएका कानुन निर्माण गरी कार्यान्वयन गर्न र बहिरा समुदायको मूल प्रवाहीकरण गर्न सहकार्यका लागि सरकारी, गैरसरकारी, सञ्चारजगत्, निजी क्षेत्र एवं अन्तर्राष्ट्रिय समुदायसँग महासङ्घले अनुरोध गर्दै आएको छ ।
बहिरा नागरिकको हकअधिकारका लागि २०३७ सालमा काठमाडौँ बहिरा सङ्घको गठन भई बहिरा समुदायको सङ्गठनात्मक अधिकारको यात्रा प्रारम्भ हुँदै संस्थागत विकास र आवश्यकताअनुसार २०५२ सालमा राष्ट्रिय बहिरा महासङ्घ नेपालको स्थापना भएको थियो । हाल यस महासङ्घमा ५४ जिल्लामा रहेका बहिरा सङ्घ आबद्ध रहेका छन् ।
साथै सात प्रदेश समितिसमेत क्रियाशील छन् । स्थापनाकालदेखि नै महासङ्घ विश्व बहिरा महासङ्घ र विश्व बहिरा महासङ्घ एसिया प्रशान्त क्षेत्रीय सचिवालयको सदस्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति