+

सुनको मूल्यमा फेरि कीर्तिमान

काठमाडौँ ।  सुनको मूल्यमा फेरि कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य नेपालमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आजका लागि निर्धारण गरिएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

 महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि त्यही भाउ रहेको महासंघले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट