
पोखरा । फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेकेदारले समयमै रकम नपाएको भन्दै काम रोक्दा छ दिन देखि पोखरा महानगरको फोहोर सडक किनारमै थुप्रिएको छ। फोहोर नउठ्दा महानगरमा दुर्गन्ध फैलिन थालेको छ।
महानगरले पोखरा ३२ मा अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्दै आएको छ। त्यहाँको अस्थायी ल्यान्डफिल साइट व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङले प्रयोग भएको एक्स्काभेटर भाडा र इन्धनको रकम नपाएको भन्दै काम रोक्नुभएको छ।
महानगर सरसफाइ शाखाले गुरुङलाई करिब १२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ।
पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीय रूपमा अरू समस्या नरहेको तर समयमै रकम भुक्तानी नहुँदा फोहोर व्यवस्थापनमा समस्या भएको बताउनुभयो।
पोखरा महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले प्रक्रियागत रूपमा जाँदा भुक्तानी दिन ढिलाइ भएको र चाँडै समस्या सुल्झिने बताउनुभयो। पोखरा-१४ को बाच्छेबुडुवामा रहेका ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण हटाउनुपरेपछि महानगरले अस्थायी रूपमा फोहोर व्यवस्थापनको स्थान खोजेको हो।
स्थानीय बासिन्दासँग १६ बुँदे सहमति गरेर सेती किनारमा फोहोर फाल्ने सम्झौता भए पनि दजनौं पटक फोहोर व्यवस्थापनमा अवरोध भइसकेको छ। पोखरा ३३ मा महानगरले आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउँदै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति