
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको हेलिप्याडमा ढुङ्गा र निलो झण्डा गाडेर सामागाउँका स्थानीयवासीले हेलिकप्टर ल्याण्ड गर्न नदिएर अवरोध गरेका छन् ।
बुधबार सामागाउँका स्थानीयले हेलिप्याडमा जम्मा भएर निषेधित क्षेत्र खुला गर्न माग राख्दै हेली उडानमा रोक लगाइएको सामागाउँका स्थानीय मिङमार लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्बन्धित निकायमा पटक पटक माग राख्दा सुनुवाइ नभएपछि बाध्य भएर हेली उडानमा रोक लगाएको उहाँले बताउनुभयो।
सरकारले उत्तरी गोरखामा निषेधित क्षेत्र खुला गरिदिन उत्तरी गोरखावासीको जायज मागलाई प्रधानमन्त्री सम्मलाई डेलिगेसन र ज्ञापनपत्र बुझाउँदा समेत बेवास्ता गरेका कारण हेलिकप्टर उडानमा रोक लगाउनु परेको चुमनुब्री गाउँपालिका–१ समागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले बताउनुभयो ।
उत्तरी गोरखावासीलाई सरकारले निषेधित क्षेत्र घोषणापछि उत्तरी गोरखावासीहरू बिरामी हुँदा, सुत्केरी हुँदा इमरजेन्सी हुँदा समेत तत्काल हेली उडान अनुमति नपाउँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाबाट गुज्रिनु पर्ने अवस्था अन्त्य गर्न हेली उडान अवरोध गर्नु परेको वडा अध्यक्ष लामाको भनाइ छ ।
‘गत असोज १ गते सम्बन्धित निकायमा हेली उडान पक्रिया सहज गर्नु पर्ने माग राख्दै ध्यानाकर्षण गराउँदै माग पुरा नभए हेली उडान रोक्ने भनेका थियौँ, ‘सम्बन्धित निकायले तपाईँहरूको माग लिखित रूपमा ल्याउनुस् भनेपछि गाउँ भेलबाट निर्णय गराएर लिखित रूपमा मागहरू गृहमन्त्रालय, गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पठायौँ,’ उहाँले भन्नुभयो ।
पाँच दिनसम्म माग पुरा नभएपछि विरोध स्वरूप हेली उडान रोक्न बाध्य भएको वडा अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार उत्तरी गोरखावासीको माग पुरा नभएसम्म हेली उडान हुन नदिने सामागाउँका स्थानीयवासीको जिकिर छ ।
यता प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने चुमुनब्री गाउँपालिकाबाट आएको पत्र गृहमन्त्रालय पठाइसकेकाले त्यस विषयमा समन्वय भइरहेकाले यसको चाडै समाधान निस्कने विश्वास व्यक्त गर्नुभयो । पर्यटक अलपत्र भन्ने हल्ला चलेकाले यसमा सत्यता नभएको पनि प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । उहाँका अनुसार मनास्लु क्षेत्रमा भ्रमणमा गएका २४० जना विदेशी पर्यटकहरू सहयोगीको साथमा मनास्लु बेसक्याम्पमा आरोहण अभ्यास गरिरहेकाले पर्यटक अलपत्र भन्ने भनाइमा कुनै सत्यता नभएको उहाँको दाबी छ । यदि कुनै पर्यटक अलपत्र परे तुरुन्तै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति