+

दुर्गा प्रसाईंलाई अझै ५ दिन हिरासतमा राखिने

काठमाडौँ । युट्युबमार्फत चरित्रहत्या गरेको आरोपमा  पक्राउ परेका  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अझै ५ दिन हिरासतमा राखिने भएको छ । प्रसाईंलाई अनुसन्धानको लागि  हिरासतमै राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई अनुसन्धानको लागि अझै ७ दिन हिरासतमा राख्न मागेको थियो तर अदालतले अहिलेको लागि थप ५ दिनको अनुमति दिएका हो । 

प्रसाईंलाई प्रहरीले असोज ६ गते भक्तपुरको थिमीस्थित घरबाट पक्राउ गरेको हो । प्रसाईंलाई युट्युबमार्फत  राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध एक महिला र एक पुरुषको चरित्रहत्या गरेको आरोपमा  पक्राउ  गरिएको हो । 

प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ अनुमति जारी भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट