
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१ औँ स्थानमा उक्लिएका हुन् ।
अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ, सोमपाल कामी ५३,औँ करण केसी ७६औँ, गुलशन झा ९०औँ र ललित राजवंशी ९४औँ स्थानमा छन् ।
दीपेन्द्र र कुशल ६ स्थान तल झरेका छन् । यस्तै करणले ११, गुलशनले १३ र ललितले एक स्थान सुधार गरेका छन् । सोमपाल यथास्थानमा छन् । वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नवी छन् ।
यस्तै ब्याटिङतर्फ आसिफ शेख ७९औँ, कुशल भुर्तेले ८०औँ र रोहितकुमार पौडेल ८७औँ स्थानमा छन् । रोहितको वरियता यथावत् रहेको छ भने आसिफ ११ र कुशल चार स्थान तल झरेका छन् । ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्षस्थानमा छन् ।
बलिङतर्फ सन्दीप लामिछाने ४८औँ, ललित राजवंशी ५२औँ, दीपेन्द्रसिंह ऐरी ६४औँ, करण केसी ८७औँ र सोमपाल कामी ८८औँ स्थानमा छन् । बलिङमा सन्दीपको वरियता यथावत् छ भने ललित दुई, दीपेन्द्र एक र सोमपाल १३ स्थान तल झरेका छन् । करणले चार स्थान सुधार गरेका छन् ।
बलिङ वरियताको शीर्षस्थानमा दक्षिण अफ्रिकाका केशव महाराज छन् ।
यसैगरी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान तल खस्किएको छ । यसअघि १६औँ स्थानमा रहेको नेपाल १७औँ स्थानमा पुगेको हो । शीर्षस्थानमा भारत यथावत् छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति