
काठमाडौँ । न्यायपरिषद्ले संविधानको व्यवस्था विपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एशोसिएसनले बुधवार विरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले संविधानका व्यवस्था विपरीतको न्याय पारिषद् नियामावलीमा टेकेर नयाँ न्यायाधीश नियुक्त गर्न तयारी गर्नुभएको भन्दै बारले विरोध गरेको हो ।
नेपाल बार एसोसिएसनको कार्यालयमा आज कानुन व्यवसायीहरूले विरोधको कार्यक्रम गर्नुभयो । न्याय परिषद्ले न्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बोलाउने निर्णय गरेको भन्दै त्यसको विरोधमा बाध्य भएर खबरदारी सभा लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताउनुभयो ।
न्याय परिषद् नियमावलीका सम्बन्धमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा कुनै विषय नराखिकन न्याय परिषद्को बैठकबाट न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने असंवैधानिक कदम अघि बढाउने प्रयास गरेपछि बाध्य भएर धर्नालगायतका विरोध प्रदर्शनका कार्यक्रम अघि बढाउने निर्णय लिनुपरेको बारका अध्यक्ष घिमिरेको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति