
तनहुँ । भानु नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले व्यावसायिक किसानका गाईभैँसीको दूधको नमूना सङ्कलन गरी परीक्षण गरेको छ । शाखाले पशुहरुमा हुने थुनेलो रोग रोकथामका लागि परीक्षण गरी किसानलाई औषधि तथा उपचार सामग्री निःशुल्क उपलब्ध गराएको हो ।
नगरपालिकाले आयोजना गरेको शिविरमा ५६ किसानका ९६ वटा गाईभैँसीको दूधको नमूना सङ्कलन गरी परीक्षण गरिएको पशु सेवा प्राविधिक अमित ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘५६ गाई र ४० भैँसीको दूधको नमूना परीक्षण गर्दा १३ किसानको २३ गाई र १२ भैँसीमा थुनेलो सङ्क्रमण देखिएको छ ।
भानु–८ बगालेफाँटमा रहेको प्रगति दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानका पशुको दूधको थुनेलो परीक्षण गरिएको ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमण देखिएका पशुलाई उपचारका लागि बेटाडिन, मास्ट मलम, गिलसिरिन र गाईभैँसीको थुन उपचारमा सहयोग सामग्री, मिनिरल, भिटामिनलगायत सामग्री वितरण गरिएको छ ।
थुनेलो देखिएका पशुलाई औषधिसहितको सामग्री वितरणअघि उपचार तथा प्रयोग विधिसहित थुनेलो रोगका लक्षण, यसबाट हुने असर, रोग लाग्न नदिने उपायका बारेमा प्रशिक्षण पनि दिइएको थियो । भानु–८ र ९ का पशुपालन फार्म सञ्चालक किसानलाई शाखाका प्रमुख डा सुशील ऐरी, पशु सेवा प्राविधिक महेन्द्र अधिकारीले सहजीकरण र उपचार सामग्री वितरण गर्नुभएको थियो ।
पछिल्लो समय गाईभैँसीमा यो रोगको सङ्क्रमण बढिरहेको पाइएकाले यसको नियन्त्रण र रोकथामका लागि नमूना सङ्कलन गरी परीक्षण गरिएको हो । रोगका कारण दूध उत्पदनमा कमी हुने र पशुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले किसानको लगानी जोखिममा पर्ने गरेको छ ।
दुहुनो गाईभैँसीको सरसफाइमा किसानको लापरबाही गर्नु, ज्ञानको कमीलगायत कारणले थुनमा सङ्क्रमण भई थुनेलो लाग्ने पशु चिकित्सक बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति