
काठमाडौँ । सुनको मूल्य तोलामा एक लाख ६० हजार रुपैयाँ नाघेको छ । मूल्य बढेर सुनले आज पनि कीर्तिमान बनाएको छ । सुनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मूल्य तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर बढिरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा एक हजार नौ सय १५ रुपैयाँ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन