
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन शाहले खुद्रा तथा थोक बिक्रेतालाई मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्न सूचित गर्नुभएको छ । नगरप्रमुख शाहले कुनैपनि समान अङ्कित अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।
उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्न, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि निर्देशन दिनुभएको छ ।
‘अनुगमनका क्रममामाथि उल्लिखित अवस्थाविपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ । नगरप्रमसख शाहले सामाजिक संजाल मार्फत् भन्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति