
तनहुँ । तनहुँ मालपोत कार्यालयले गत आर्थिक वर्षमा ३६ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
मालपोतले आर्थिक वर्ष २०८०र८१ मा संकलन गरेको उल्लेखित राजस्व आव २०७९र८० को तुलनामा ६ करोड रुपैयाँले बढी हो ।गत आवमा ३० करोड २१ लाख ४९ हजार ४र सय ३२ रुपैयाँ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभएको छ।
सङ्कलित रकममध्ये १२ करोड ८६ लाख ६७ हजार ९ सय ७४ सङ्घीय सञ्चित कोषमा, ४ करोड ९५ लाख ७५ हजार २ सय ८३ रुपैयाँ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ । बाँकी १८ करोड १३ लाख आठ हजार ९ सय ७० रुपैयाँ मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ ।
जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व सङ्कलनमा वृद्वि भएको कार्यालयले जनाएको छ । कृषि जग्गाको तुलनामा आवासीय जग्गाको दर बढी रहेकाले राजस्व वृद्वि भएको हो ।
बैंकक तथा वित्तीय सङ्घसंस्थाले ऋण लगानी गरी असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबारलगायत कार्यबाट उल्लेखनीय राजस्व सङ्कलन बढ्नुको अर्को कारण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति