
काठमाडौँ । न्यूजील्यान्डका वैज्ञानिकहरूले ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल शिकार खोज्दछ ।
वेलिङ्टनस्थित नेसनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमोस्फेरिक रिसर्च (एनआइवाइए) का वैज्ञानिकहरूका अनुसार अस्ट्रेलेसियन न्यारो–नोज्ड–स्पुकफिस अस्ट्रेलिया र न्यूजील्यान्डको गहिरो पानीमा बस्ने पाइएको छ ।
यी नमूना चाथम राइज क्षेत्रमा गरिएको अनुसन्धानका क्रममा पत्ता लगाइएको थियो । चाथम राइज प्रशान्त महासागरको एक भाग हो र यो न्यूजील्यान्डकको दक्षिणी टापू नजिक पूर्वतर्फ करिब एक हजार किलोमिटर फैलिएको छ ।
घोस्ट सार्क वा किमेरा सार्क र किरणहरूसँग सम्बन्धित छन् तर यी माछाको त्यस्तो समूहका अङ्ग हुन् जसको कङ्काल पूर्ण रूपमा नरम हाडले बनेको हुन्छ । स्पुकपिस नामले पनि चिनिने घोस्ट सार्कका काला आँखा र चिल्लो, हल्का खैरो र कत्लारहित छाला हुन्छ ।
तिनीहरूले आफ्नो विशिष्ट चुच्चो जस्तो मुख प्रयोग गरेर दुई हजार छ सय मिटरसम्मको गहिराइमा क्रस्टेसियनहरू खान्छन् ।
अनुसन्धान वैज्ञानिक ब्रिट फिनुक्सीले भन्नुभयो, “यस्ता प्रकारको घोस्ट सार्क धेरै हदसम्म समुद्रको पिँधमा सीमित हुन्छन् ।” उहाँले यस नयाँ प्रजातिलाई आफ्नी हजुरआमाको सम्झनामा ‘हेरियोटा एभिया’ वैज्ञानिक नाम दिनुभयो ।
“तिनीहरूको वासस्थानका कारण तिनीहरूलाई अध्ययन र अनुगमन गर्न कठिन हुन्छ, यसको अर्थ हामी तिनीहरूको जीवविज्ञान वा खतराको स्थितिबारे धेरै जान्दैनौँ तर यसले यस्ता खोजलाई अझ रोमाञ्चक बनाउँछ”, उहाँले भन्नुभयो ।
वैज्ञानिकहरूले स्पुकफिस आनुवांशिक रूपमा र आकारका आधारमा फरक छ भन्ने पत्ता लगाउनुअघि यसलाई विश्वव्यापी रूपमा वितरित एकल प्रजातिको हिस्सा मानिन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय