
दाङ । यहाँ सरकारले चाडपर्व लक्षित शुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्टटे«डिङ कर्पोरेशन घोराहीले शुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।
यस वर्ष चामल, नून र चिनी बिक्रीका लागि राखिएको साल्ट ट्रडिङ कर्पोरेशन घोराहीले जनाएको छ । चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता खुसी भएका छन् । सङ्घीय सरकारको निर्णयअनुसार दाङमा असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।
घोराही उपमहानगरपालिका –१८ की सीता चौधरीले घोराहीमा खुलेको शुपथ पसलमा सामान किन्दा प्रतिकिलो रु पाँच सस्तो पाएको बताउनुभयो । “ज्याला मजदुरी गरेर खाने मान्छेलाई एक दुई रुपैँया सस्तो पाउँदा पनि खुशी लाग्ने रहेछ”, उहाँले भन्नुभयो, “प्रत्येक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसलमा सामान किन्न आउने गरेको छु ।” पसलमा नून, चिनी मात्रै राख्ने गरेकामा अन्य उपभोग्य सामग्री पनि राख्न उहाँको सुझाव छ ।
साल्ट ट्रेडिङका ‘आउटलेट’बाट नूनमा प्रतिकिलो रु दुई, चिनीमा रु पाँच, तेलमा रु सात, चिउरामा रु सात, पिठो र मैदामा पनि रु सात छुट दिइरहेको घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
तुलसीपुरमा सञ्चालित शुपथ मूल्य पसलमा चामल बिक्रीका लागि राखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले सहुलियत पसलमा ‘स्टिम’ जिरा मन्सुली र अरुवा मन्सुली चामल बिक्रीका लागि राखेको छ । सुपथ मूल्य पसलबाट यो वर्ष एक हजार सात सय ५० क्विन्टल चामल बिक्री गर्ने कोटा पाएको व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार असोज ६ गतेबाट सञ्चालन भएको सहुलियत मूल्यको पसल माघ २ गतेसम्म चल्नेछ । प्रतिकिलो पाँच रुपैयाँ सहुलियतमा शुपथ मूल्यको पसलबाट चामल बिक्री भएको उहाँले बताउनुभयो । स्टिम जिरा मसिनो चामल दुई हजार एक सय २५ रुपैयाँमा तथा अरुवा मन्सुली चामल एक हजार पाँच सय रुपैयाँमा बिक्री भएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन