+

ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट दिने भएको छ । 

सोमबार बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले आजदेखि लागू हुनेगरी नगरपालिकाभित्रका विपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक, आर्थिक रुपले विपन्न बिरामी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सेवा बाहेक अन्य सेवाबाट लिइने शुल्कको २० प्रतिशत छुट दिने निर्णय भएको अस्पतालले जनाएको छ । 

नगरपालिकाभित्र रहेको विपन्न र आर्थिक अभावमा रहेका बिरामीलाई उपचारमा सहुलियत हुनेगरी एक्सरे, भिडियो एक्सरे र ल्याब परीक्षणमा २० प्रतिशत छुट गरिएको अस्पतालका सूचना अधिकारी प्रेम नेपालीले जानकारी दिनुभयो ।

नगरपालिकाबाहेक सो अस्पतालमा अन्य पालिका र छिमेकी जिल्ला मुगु तथा हुम्लाबाट पनि बिरामी आउने गरेका छन् । उक्त क्षेत्रबाट आधारभूत अस्पताललाई सहयोग नहुने भएकाले नगरका नागरिकका लागि मात्र  सेवामा छुट गरिएको सूचना अधिकारी नेपालीले बताउनुभयो । 

उहाँले नगर क्षेत्रभित्र रहेका कतिपय नागरिकको उपचार गराउन आउँदा आर्थिक अभाव हुने हुँदा उपचारमा लाग्ने २० प्रतिशत नगरपालिकाले बेहोर्ने गरी छुट गरिएको नगर प्रमुख जनककुमार बोहराले बताउनुभयो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै