
कञ्चनपुर । कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।
महिला र पुरुषका लागि १२५ जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा बढी ५३४ कैदीबन्दी राखिएको छ । अहिले कारागारमा १४ महिला र ५२० पुरुषलाई राखिएको कारागार कार्यालयका प्रमुख मायाकुमारी बस्नेत थापाले जानकारी दिनुभयो । कैदीबन्दीका लागि बस्नका लागि ठाउँ नहुँदा ‘ग्यालरी’ लगायतका खाली ठाउँमा बस्नुपर्ने बाध्यता रहेको छ । कारागारमा सबैभन्दा बढी लागुऔषध मुद्दाका कैदी अधिक छन् ।
“पछिल्लो सयम लागुऔषध मुद्दाका कैदी धेरै आउने गरेका छन्”, कारागार प्रमुख थापाले भन्नुभयो, “अहिले आठजना महिला गरी २०६ जना लागुऔषध मुद्दाका कैदी कारागारमा छन् ।” उहाँले जिल्ला कारागारमा जग्गा पर्याप्त भए पनि बन्दीका लागि भौतिक संरचना र ढल निकासको व्यवस्था नहुँदा समस्या भएको बताउनुभयो ।
कारागारमा ठाउँ अभावकै कारण कैदीबन्दीले कारखाना समेत सञ्चालन गर्न नसकेको प्रशासनले जनाएको छ । “बन्दीहरुले आफ्नो सीपअनुसारका विभिन्न सामग्री बनाएर बिक्री गर्ने गर्छन्”, उहाँले भन्नुभयो, “त्यसका लागि पर्याप्त ठाउँ नहुँदा समस्या हुने गरेको छ ।” उहाँका अनुसार कन्दीहरुले कुर्सी, टेबललगायत सामग्री बनाउने गरेका छन् ।
“बिक्री गर्नका लागि समस्या हुँदैन, बाहिरबाट ‘अर्डर’ दिएर जान्छन्”, उहाँले भन्नुभयो, “बजार मूल्यभन्दा यहाँ धेरै सस्तो पाइने भएकाले पनि यहाँ किन्नलाई आउँछन् ।” त्यसैगरी, गत भदौमा कारागारले सरकारको निर्णयअनुसार १४ जना कैदीको ३३ प्रतिशत कैद मिनाहा गरेको छ ।
लागुऔषध र वन्यजन्तु मुद्दाका कैदीलाई सरकारले ३३ प्रतिशत कैद मिनाहा गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा लागुऔषध, महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति