
तनहुँ । भिमाद नगरपालिकाले कृषि उत्पादन वृद्वि गराई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सारेको छ ।
कृषि उत्पादन वृद्वि गर्न किसानलाई प्रोत्साहनस्वरुप सम्मान एवं पुरस्कृत गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ‘एक वडा एक उत्कृष्ट किसान सम्मान’ गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यावसायिकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्वि गर्न लागिएको हो ।
खेतीयोग्य जमिनमा व्यवस्थित सिँचाइ सुविधा पु¥याउन नगरपालिकाले पक्की कुलो निर्माण गर्ने योजना प्राथमिकताका साथ अघि सारेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिनुभयो । हाल कायम रहेका कृषि ‘पकेट’ क्षेत्रलाई विस्तार एवम् स्तरोन्नति गर्नुका साथै सम्भाव्यता र माटो परीक्षणका आधारमा माछा, ‘अर्गानिक’ तरकारी बीउ उत्पादन, दूध तथा मासु पकेट क्षेत्र विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ ।
कृषि पेसाको महत्व तथा आवश्यकतालाई विद्यालयस्तरबाट बोध गराउन माध्यमिक तहका विद्यार्थीलाई तनहुँ प्राविधिक शिक्षालयसँग समन्वय गरी विद्यालय कृषि शिक्षा कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो ।
नगरपालिकाका पशु सेवा शाखा तथा सेवा केन्द्रमार्फत वडास्तरमा घुम्ती सेवा प्रदान गरी पशुमा लाग्ने आन्तरिक तथा बाह्य परजीविको पहिचान गरी निःशुल्क औषधीको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । दूध उत्पादन र कृषि व्यवसाय विस्तार गरी किसानको जीवनस्तरमा सुधार ल्याउन नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
“दूध उत्पादन वृद्धि गरी नगरपालिकालाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन दुग्ध चिस्यान केन्द्रको विस्तार गर्न लागेका छाँै,” नगरप्रमुख सुवेदीले भन्नुभयो । उहाँका अनुसार नगरपालिकाभित्र पाइने रैथाने खरी जातको बाख्रा लोप हुने जोखिममा रहेकाले त्यसको संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरी स्रोतकेन्द्रको रुपमा विकास गरिने भएको छ ।
कृषि तथा पशुपक्षी क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्न कृषि तथा पशु बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरी यसको लाभ लक्षित वर्गसम्म पु¥याउन पहलकदमी थालिएको नगरप्रमुख सुवेदीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन