
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ ।
नेप्से परिसूचक सोमबार ५९ दशमलव ०२ अंकले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ मा अडिएको हो ।
आज ३ सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार ९ सय तीन कित्ता शेयर, ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख दुई हजार ६ सय ८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक पाँच दशमलव ५६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव २७, विकास बैंक दुई दशमलव ४६, होटल तथा पर्यटन तीन दशमलव ३४, जलविद्युत् दुई दशमलव ८९ र लगानी समूह दुई दशमलव ७३ प्रतिशतले घटेको छ ।
जीवन बीमा समूह दुई दशमलव ३५, उत्पादन तथा प्रशोधन एक दशमलव ८१, लघुवित्त दुई दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ४८, निर्जीवन बीमा दुई दशमलव ६९, व्यापार तीन दशमलव ९३ र अन्य समूह दुई दशमलव २२ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा दुई सय २९ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८४ प्रतिशतले बढेको छ । चारवटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । गुडविल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एनआइसी एसिया फ्लेक्स क्याप फन्ड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २१ करोड १३ लाख ४२ हजार सात सय ३२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयर पाँच लाख कित्ता खरिदबिक्री भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति