
बाँके । पेडारी खोलाको पुलले दुर्गम गाउँ र शहरलाई जोड्ने भएको छ ।
कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई जोड्ने कोहलपुर नगरपालिका वडा नम्बर १५ मा निर्माण हुन लागेकोे पुलले स्थानीयलाई आवतजावत गर्न सहज हुने कोहलपुर–१५ का वडाध्यक्ष दीपेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले बैजनाथका मर्चरा, गुरुवागाउँ र पेडारी गाउँलाई कोहलपुर बजारसँग जोड्ने उल्लेख गर्दै २०६३ सालदेखि पुल बनाउने सपना बल्ल साकार हुन लागेको बताउनुभयो ।
निर्माणाधीन पुलले स्थानीयका अन्नपात बेचबिखन गर्न सहज हुने बताउँदै वडाध्यक्ष चौधरीले लामो समय लगाएर घुमेर कोहलपुर बजार जानुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । कोहलपुर र बैजनाथका जनप्रतिनिधिको निरन्तर प्रयासका कारण सङ्घीय सरकारको बजेटबाट सो पुलको निर्माण शुरु गरिएको कोहलपुर–१५ का वडाध्यक्ष चौधरीले बताउनुभयो । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको संयुक्त प्रयासमा सात करोड रुपैयाँमा पक्की पुल निर्माणको पहल भएको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर बजारलाई जोड्ने पक्की पुल नहुँदा कोहलपुर–१५ र बैजनाथ–५ र ७ का स्थानीयले सास्ती झेल्नुपरेको उल्लेख गर्दै पुल निर्माण भएपछि स्थानीयले झेल्नुपरेको सास्तीको अन्त्य हुने बताउनुभयो । उहाँले पुल नहुँदा वर्षाको समयमा बालबालिका पढ्न नपाउने, खेती गरेका किसानले आफूले लगाएको बालीसमेत लिन नपाउनेलगायत विभिन्न सास्ती भोग्नुपरेको उल्लेख गर्नुभयो ।
प्रमुख आचार्यले आफूले निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गरेकामा खुसी व्यक्त गर्दै पुल निर्माणपश्चात कोहलपुर र बैजनाथका ग्रामीण भेगका स्थानीय प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । बैजनाथ गाउँपालिका–७ का वडाध्यक्ष दिनेश थारूले लामो समयदेखि स्थानीय जनताको मागअनुसार पुलको निर्माण सुरु हुनु यस क्षेत्रको विकासका लागि गौरवको विषय भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति