
बागलुङ । बागलुङमा प्रधानमन्त्री कृषि परियोजनामार्फत सञ्चालन भएको आलु र बाख्रा जोन कार्यक्रमले उत्पादनमा वृद्धि गराएको छ । बागलुङमा आर्थिक वर्ष २०७५/७६ देखि आलु र आर्थिक वर्ष २०७८/७९ देखि बाख्रा जोन सञ्चालन हुँदै आएको छ ।
बागलुङको उच्च पहाडी क्षेत्रमा आलु र बाख्राको सम्भावना र प्रशस्त चरन क्षेत्र भएको ठाउँमा बाख्रा जोन क्षेत्र बनाएर उत्पादनमा वृद्धि भइरहेको छ । प्रधानमन्त्री कृषि परियोजनामार्फत आलु जोन कार्यक्रमले बागलुङका पाँच पालिकाका केही वडालाई समेटिएको छभने बाख्रा जोन कार्यक्रमले तीन पालिकाका केही वडालाई समेटिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण प्ररियोजनाका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले आलु जोन कार्यक्रमले १२ प्रतिशत उत्पादनमा वृद्धि गराएको र बाख्रा जोन कार्यक्रमले ५५ प्रतिशत उत्पादनमा वृद्धि भएको बताउनुभयो । आलु र बाख्रा जोन कार्यक्रमले आलु तथा मासुको उत्पादनमा समेत वृद्धि गराउन सफल गराएको छ । बागलुङको उच्च पहाडी क्षेत्रमा पाइने आलु निकै स्वादिष्ट भएकाले यहाँको आलुको उत्पादन बढाउन आलु जोन सञ्चालन गरिएको हो ।
बागलुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिकाका केही वडा समेटेर सञ्चालन गरिएको आलु जोनले आलुको उत्पादनमा १२ प्रतिशले उत्पादन बढाएको तथ्याङ्क रहेको छ ।
‘बागलुङमा आलु र बाख्राको निकै सम्भावना छ, चालु आर्थिक वर्षदेखि अलैँचीको जोनसमेत निर्माण गर्न थालिएको छ, आलु र बाख्रा जोन कार्यक्रमबाट किसानले आलु र मासुको उत्पादनमा वृद्धि गरेको पाइएको छ, हामीले परियोजनामार्फत प्राविधिक सहयोग, सिँचाइ, बीउ, खोर सुधारलगायत कार्यक्रममा सहयोग गरेका छौँ’ पौडेलले भन्नुभयो– ‘बागलुङमा क्रमशः अलँैची जोन, गाई तथा भँैसी जोन र त्यसपछि धान जोनको कार्यक्रम ल्याउने लक्ष्य रहेको छ, चालु आर्थिक वर्षमा अलैँची जोन बनाउन बजेटसमेत विनियोजन गरेका छौँ, बागलुङको जैमिनी नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा गलकोटसहित आठ स्थानीय तहलाई समेटेर अलैँची जोन बनाउने तयारी छ ।’
बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही वडालाई समेटिएर आर्थिक वर्ष २०७८/७९ देखि शुरु भएको बाख्रा जोन कार्यक्रमले मासुको उत्पादनमा ५५ प्रतिशतले वृद्धि गरेको निमित्त प्रमुख पौडेलले जानकारी दिनुभयो । बाख्रा जोन शुरु हुँदा २६ हजार ६७५ बाख्रा रहेकामा हाल बाख्राको सङ्ख्या बढेर ४१ हजार ५१३ पुगेको छ ।
आलु जोन बागलुङका पाँच पालिकाको ६१० हेक्टर क्षेत्रफलमा फैलिएको छ । आलु जोन कार्यक्रम बागलुङसँगै छिमेकी जिल्लाको मालिका र मदाने गाउँपालिकाका केही वडासमेत समेटिएको छ । यस्तै, बाख्रा जोन कार्यक्रमले तीन पालिकाको २९ बाख्रा फर्मलाई समेटिएको छ । जोनअन्तर्गत बीउपुँजी, यान्त्रिकीकरण, खोर सुधार तथा बजारीकरणका लागि परियोजनाले सघाउँदै आएको पौडेलको भनाइ छ ।
आलु जोन कार्यक्रम बागलुङमा तीन समूहमार्फत सञ्चालन भइरहेको छभने बाख्रा जोन कार्यक्रम २६ निजी उद्यमी, दुई सहकारी र एक समूहले सञ्चालन गर्दै आएको छ । आलु र बाख्रा जोन प्रभावकारी बन्दै गएपछि बागलुङ र पर्वतका केही पालिकालाई समेटेर अलैँची जोन बनाउन थालिएको छ ।
अलैँची जोन बनाउनका लागि चालु आर्थिक वर्षमा एक करोड दुई लाख बजेट विनियोजन भएको छ । अलैँची जोनका लागि घुम्ती तालिम, अलैँचीको समस्या निदान, क्षेत्रफल विस्तार, यन्त्र उपकरण वितरण, सिँचाइ पूर्वाधार निर्माण तथा सुधारिएको आधुनिक भट्टी निर्माणको काम यस वर्षदेखि थालिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति