
चितवन । द्वन्द्वको समयमा अपाङ्ग बनाइएकाहरु पहिचानको खोजीमा लागेका छन् । उनीहरु यतिबेला पहिचान र परिपूरणको माग गर्दै आएका छन् ।
म्याग्दीका सुरेन्द्र खत्री २०६३ सालमा कामका सिलसिलामा खेत बारीमा जाँदा बेनी भिडन्तका क्रममा बेबारीसे अवस्थामा छाडिएको बम बिष्फोटमा परी अपाङ्ग बन्नुभयो । उहाँको दुवै हात छैन । बिनाकारण अपाङ्ग हुँदा पनि राज्यबाट सहयोग नहुँदा उहाँ निराश हुनुहुन्छ ।
खत्रीले भन्नुभयो– ‘हामीलाई देख्दा समाजले पनि गिज्याउँछ, हाम्रो पहिचान अपाङ्ग मात्रै हो र ?’ उहाँले द्वन्द्वपीडित अपाङ्गका रुपमा पहिचान दिन जरुरी रहेको बताउनुभयो । उहाँले थप्नुभयोे –हामी काम गरेर स्वरोजगार भइ बाँच्न चाहन्छौ । तर हामीलाई सहयोग कसैले गर्दैन ।’
गैँडाकोटमा भेटिनुभएका खत्री सत्य स्थापित हुनुपर्ने भन्दै कानुनी रुपमै आफूहरुको माग सम्बोधन हुनुपर्ने बताउनुहुन्छ । उहाँले यो समस्या समाधानका लागगि कार्यविधि नै बनाएर अघि बढ्नुपर्ने आवश्यकता देख्नुहुन्छ ।
बाँकेका रामरतन चौधरीको पनि खत्री जस्तै समस्या छ । द्वन्द्वको समयमा बिद्रोही पक्षले मरणासन्न हुनेगरी कुटपिट गर्दा अहिले उहाँका दुवै खुट्टा चल्न सक्ने अबस्था छैन । बैशाखीको भरमा हिँड्नुपर्ने उहाँ तत्कालिन समयमा विसं २०५७ मा सबओभरसियरको काम गर्नुहुन्थ्यो ।
कार्यालयको काम सकेर घरमा बसेको समयमा बिद्रोही पक्षले मरणासन्न हुने गरी कुटपिट गरी फालेको उहाँले बताउनुभयो । अहिले आफूहरुलाई राज्यले नहेर्दा निकै चिन्ता लाग्ने गरेको उहाँको गुनासो छ ।
अपाङ्गता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जालको साधारणसभामा भाग लिन गैँडाकोटमा आउनुभएका चौधरी आफूहरुले पनि द्वन्द्वपीडितको पहिचान पाउनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘राज्यले हामीलाई पनि द्वन्द्वपीडितभित्र राखेर परिचयपत्र बनाइदिनु पर्छ ।’
अपाङ्ग भएको ठाउँमा गरिबी बढ्ने भन्दै उहाँले यस्ता व्यक्तिको परिवारलाई आरक्षण कोटाको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो– ‘परिवारका सदस्यहरुलाई योग्यताअनुसारको रोजगारीको व्यवस्था राज्यले गर्नुपर्छ ।’
शान्ति अभियान्ता रमेश अधिकारी द्वन्द्वपीडित अपाङ्गहरु दुई प्रकारका रहेको बताउनुहुन्छ । जो द्वन्द्वमा प्रत्यक्ष सहभागी भएर र सहभागी नभएर भएका अपाङ्गहरु छन् । अहिलेको समस्या द्वन्द्वमा प्रत्यक्ष सहभागी नभएर पनि द्वन्द्वका कारण अपाङ्ग भएकाहरुको मागलाई राज्यले सुनुवाइ गर्नुपर्ने उहाँले बताउनुभयो ।
राज्यले विसं २०६३ मङ्सिर ५ गतेपछि बेवारिसे बम बिष्फोटमा परी अपाङ्ग हुनेलाई पनि द्वन्द्वपीडित मानिनुपर्ने अधिकारीको माग छ । द्वन्द्वको समय वा त्यसको कारण भएका अपाङ्गहरुलाई राज्यले पहिचान र परिपुरणको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
पप्छिल्लो समय माग सुनुवाइका लागि अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल गठन गरी सङ्गठित हुन थालेका छन् । देशभर कति यस्ता अपाङ्गहरु छन् भन्ने वास्तविक तथ्याङ्क निकालेर सरकारसँग आफूहरुको मागलाई सुनुवाइ गराउने योजनामा सञ्जालको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति