
काठमाडौँ। श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे नेपाल आउनुभएको छ ।
पूर्वराष्ट्रपति राजापाक्षे ड्रुक एयर्मार्फत भूटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको हो । श्रीलंकाली पूर्वराष्ट्रपति काठमाडौँ आइपुग्नु भएको नेपालस्थित श्रीलंकाको दूतावासले जनाएको छ । राजापाक्षे भूटान भ्रमण सकेर नेपाल आउनु भएको हो ।
श्रीलंकाको दूतावासले राजापाक्षे व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आउनु भएको उल्लेख गरेको छ । दूतावासका अनुसार उहाँले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणको व्यवस्थापन श्रीलंकाली दूतावासले गरिरहेको छ ।
श्रीलंकामा आज मात्र नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिनुभएको छ । श्रीलंका नयाँ राष्ट्रपति चुनिएकै बेला राजापाक्षे भने देश बाहिर रहनु पर्ने अवस्था आएको छ ।
राजापाक्षे श्रीलंकामा भएको विशाल आन्दोलनपछि दुई वर्षअघि देश छाडेर भाग्नु परेको थियो । उहाँ आन्दोलनपछि भने पुनः श्रीलंका फर्कनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति