
रुकुम । सिस्ने गाउँपालिकामा सञ्चालन भएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकामा छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०र८१ मा ८२ जना छोरीको ‘छोरी बचत खाता’ खोलिएको छ । कार्यक्रम शुरु भएयता उक्त कार्यक्रममा चार सय छोरीहरूको खाता खोलिएको छ । गाउँपालिकाले २०७७ साल साउनदेखि जन्मिएका छोरीको खाता खोलेर ५ हजार रुपैयाँ जम्मा गर्दै आएको छ । गाउँपालिकाले तोकेको मापदण्ड पूरा गरी जन्मिएका सबै छोरीको खातामा रकम जम्मा गर्ने गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद यादवले जानकारी दिनुभएको छ।
छोरी बचत खाताका लागि चारपटक गर्भजाँच गराएको हुनुपर्ने, स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने र छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने उहाँको भनाइ छ । सबै प्रक्रिया पूरा भएपछि एक जना संरक्षक लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलिदिने गरेको छ ।
बचत खाता कार्यक्रमको रकम छोरी २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइन छोरी बचत कार्यक्रमकी स्वास्थ्य संयोजक पुष्पा ओलीले बताउनुभयो । यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने उहाँको भनाइ छ ।
बीस वर्षपछि रकम छोरीले निकालेर आफैँ चलाउन पाउनेगरी गाउँपालिकाले कार्यविधि निर्माण गरेको छ । बीस वर्ष नपुगी छोरीले विवाह गरेमा त्योे रकम गाउँपालिकाको खातामा फिर्ता हुने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति