
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि सरकारले ‘ट्रायल’ गरिरहेको आरोप लगाउनुभएको छ ।
लामिछाने गोर्खा मिडियामा हुँदाका व्यावसायिक साझेदार छविलाल जोशी पक्राउ परेपछि आफू पनि पक्राउ पर्ने आशंकाकाबीच लामिछानेले आइतबार साँझ पार्टी कार्यलयमा उपस्थित भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले सरकारले आफूमाथि ‘ट्रायल’ गरिरहेको बताउनुभएको हो ।
कार्यालयमा जम्मा भएको कार्यकर्ताको भिडलाई सम्बोधन गर्दै लामिछानेले भन्नुभयो, ‘म भागेको छैन । लुकेको छैन । जुन ट्रायल गर्न खोजेको छ त्यो मैले बुझेको छैन ।’ पक्राउ गर्नेबारे सरकारले त्यस्तो तयारी गरेको छैन भने पनि भरोसा गर्न सक्ने अवस्था नरहेको लामिछानेले बताउनुभयो । ‘मलाई सरकारको अनुकम्पा चाहिँदैन, तर कुनै अन्याय गर्न पाइँदैन । कसैको राजनीति बचाइदिनका लागि मैले बलिबेदीमा चढ्नुपर्ने?’ लामिछानेले भन्नुभयो ।
वर्षौंदेखि राजनीति गरेका दलहरु एउटा व्यक्तिसँग डराएको उहाँको भनाई छ । ‘यो ट्रायल गरेर मलाई तर्साउन सक्नुहुन्न’ लामिछानेले भभन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति