
काठमाडौँ । सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई प्रहरीले पक्राउ परेपछि पूर्वउपप्रधानतथा गृहमन्त्री रवि लामिछाने त्रसित भएका छन् ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी जोशीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । सञ्चालक जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा यतिखेर खैलाबैला मच्चिएको छ । यही प्रकरणमा सभापति लामिछाने समेत पक्राउ पर्ने सम्भावना बढेपछि रास्वपाका नेता तथा कार्यकर्तामा खैलाबैला भएको हो ।
पूर्वडीआइजी जोशी सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक थिए । सभापति लामिछाने पक्राउ पर्ने अवस्था आएपछि रास्वपाले काठमाडौँ उपत्यकामा रहेका आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।
रास्वपा बागमती प्रदेशका सभापति डा अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गर्नुभएको हो । । अच्युत्तम लामिछानेले कार्यकर्तालाई मेसेज गरेर केन्द्रीय कार्यालय बोलाउनु भएको हो ।
अच्युत्तमको मेसेजपछि रास्वपाका कार्यकर्ता अहिले केन्द्रीय कार्यालय बनस्थलीमा जम्मा हुन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति