
न्यूयोर्क । ‘सुरक्षित भविष्यका लागि शिखर सम्मेलन (समिट अफ दि फ्युचर)’ मा सहभागी हुन विश्वभरका नेताहरू आइतबार न्यूयोर्कमा भेला भएका छन् ।
संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१औं शताब्दीका चुनौतिलाई सम्बोधन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सन् २०२१ मा पहिलो पटक सम्मेलनलाई अन्तर्राष्ट्रिय सहयोगलाई पुनर्जीवित गर्दै मानव इतिहासलाई नयाँ आकार दिने ‘एक पुस्तामा एकपटक आउने अवसर’ का रुपमा प्रस्ताव गर्नुभएको छ ।
मङ्गलबारदेखि शुरु हुने संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका बिचमा आयोजना हुने सम्मेलनमा दर्जनौँ राष्ट्रका सरकार प्रमुख र प्रतिनिधिहरूले आइतबार सङ्कटग्रस्त विश्व परिस्थितिसँग तालमेल राख्न ‘भविष्यका लागि सम्झौता’ स्वीकृत गर्ने अपेक्षा गरिएको छ ।
सम्झौताको विषयमा अन्तिम समयमा भएको गहन वार्तापछि, गुटेर्रेसले केही निराशा व्यक्त गर्दै सदस्य राष्ट्रलाई ‘साहस’ देखाउन आग्रह गर्नुभयो र आजको खतरालाई प्रभावकारी रूपमा जवाफ दिन सङ्घर्ष गर्ने अन्तर्राष्ट्रिय संस्थालाई बलियो बनाउन ‘अधिकतम महत्वाकाङ्क्षा’ का लागि आह्वान गर्नुभएको छ ।
स्वीकृतिका लागि पेश गरिने सम्झौताको पछिल्लो संस्करणमा नेताहरूले परिवर्तनशील संसारसँग तालमेल राख्न ‘लामो सङ्कट’ को सामना गर्दै वर्तमान र भावी पुस्ताको आवश्यकता र चासोको रक्षा गर्न बहुपक्षीय प्रणालीलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
करिब ३० पृष्ठको यो सम्झौताले बहुपक्षवादप्रति प्रतिवद्धता, संयुक्त राष्ट्रको बडापत्रको समर्थन र शान्ति स्थापनासहित ५६ वटा कार्यको रूपरेखा प्रस्तुत गरेको छ । यसले अन्तर्राष्ट्रिय वित्तीय संस्था र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा सुधारका साथै जलवायु परिवर्तनसँग लड्न, निशस्त्रीकरणलाई बढावा दिन र आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को विकासलाई मार्गदर्शन गर्ने नयाँ प्रयासमा ध्यान केन्द्रीत गर्न आह्वान गर्दछ।
‘सम्झौतामा विभिन्न प्रगतिशील पक्ष समावेश भएपनि यो महासचिव गुटेर्रेसले सुरुमा आह्वान गरेको सम्पूर्ण बहुपक्षवादलाई सुधार गर्ने क्रान्तिकारी दस्तावेज होइन’ अन्तर्राष्ट्रिय सङ्कट समूहका रिचर्ड गोवानले दस्तावेजबारे टिप्पणी गर्नुभयो ।
हालैका दिनमा भएको गहन वार्तापछि रूसले अझै पनि शनिबार प्रकाशित पृष्ठको अन्तिम संस्करणमा आपत्ति जनाएको एक कूटनीतिक स्रोतले बताएको छ । सम्झौता स्वीकृत हुने अपेक्षा गरिएको छ, तर ग्यारेन्टी छैन।
विभिन्न आलोचनाका बावजुद यो अझै पनि ‘कठिन वर्तमान भूराजनीतिक सन्दर्भमा पनि बहुपक्षवादप्रति हाम्रो सामूहिक प्रतिबद्धतालाई पुष्टि गर्ने अवसर हो’ एक पश्चिमी कूटनीतिज्ञले ग्लोबल नर्थ र साउथबीचको विश्वास पुनर्निर्माणको आवश्यकतालाई जोड दिँदै बताउनुभयो । ‘हाम्रो अर्को काम भनेको सम्झौतालाई जीवन्त रुप दिनु हो, शब्दहरूलाई कार्यमा परिणत गर्नु हो’ गुटेर्रेसले शनिबार बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति