
चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको शहरी क्षेत्रको ६ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।. महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम ९१ प्रतिशत सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका इ सागर कार्कीका अनुसार चौबिसकोठीदेखि पुलचोकसम्म कालोपत्रको माथिल्लो भागको काम भइरहेको छ ।
सडक सुरक्षाको काम बाँकी रहेको छ । उहाँका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम सकिएको छ । पूरै सडकमा रङरोगन र सडक बत्तीको काम बाँकी रहेको कार्कीले जानकारी दिनुभयो । वर्षातका कारण रङरोगनको काम रोकिएको हो ।
विसं २०७७ असोज २६ गते इन्डो सगुन जेभीले विसं २०७९ माघ २५ गतेभित्र विस्तार सक्नेगरी कामको जिम्मा लिएको थियो । त्यो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ । दुई पटक समय थप गर्दा पनि सडक निर्माणको काम नसकिएपछि पुनःसमय थप गर्न लागिएको कार्कीले बताउनुभयो । पुस मसान्तसम्मको समय थप गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा शहरी सौन्दर्यकरणलाई समेत ख्यालगरी ६ दशमलव शून्य ८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडकको लागत १ अर्ब २३ करोड ५० लाख रुपैयाँ रहेको छ । पचास मिटर चौडाइ रहनेछ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउण्डको योजनासहित सडक निर्माण सुरु गरिएको हो ।
सडकको दायाँबायाँ ११ दशमलव पाँच मिटरका दरले कालोपत्र गरिएको छ । त्यसकाबीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर पाँच दशमलव पाँच मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बनेको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्टलाइट र वृक्षरोपणको काम भइरहेको बताउनुभयो । सडकमा वृक्षरोपणका लागि महानगरपालिकाले ९५ लाख रुपैयाँको ठेक्का गरिसकेको छ । प्रमुख दाहालले भन्नुभयो, ‘महानगरपालिकाको सभाकक्षमा छलफल गरेर बनेको आयोजना भएकाले यो आयोजना शुरुवातदेखि अहिलेसम्म हामीले उच्च प्राथमिकतामा राखेर सहयोग पुर्याइरहेका छौँ ।’
गत वर्ष बजेट निकासा नहुँदा महानगरपालिकाले संस्थागत रुपमा पहल गरेर बजेट निकासामा सहयोग गरेको थियो । दाहालले भन्नुभयो– ‘महानगरको सौन्दर्यसँग जोडिएकाले यो सडकलाई सुन्दर र हरियाली बनाउने काम महानगरले पनि गरिरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन