
तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभएको छ।
उहाँले वैशाखयता मात्र जिल्लाका १४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरिसकेको बताउनुभयो । ‘नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा व्यक्ति स्वयं उपस्थित हुनुपर्छ तर कार्यालयसम्म आउन नसक्ने अपाङ्गता भएकाहरूलाई भने जनप्रतिनिधिमार्फत अपाङ्गता पहिचान गरी वडाले नै सबै कागजात बनाइसकेपछि घरमै नागरिकता प्रदान गर्ने गरिएको छ’ प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो ।
अपाङ्गता भएको छोरालाई नागरिकता बनाउन सदरमुकाम लिन नसक्दा उमेर पुगेको आठ वर्षपछि टोलीले घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको मेन्छ्यायेम–४ का भवानीप्रसाद लिम्बूले बताउनुभयो– ‘बोल्न, सुन्न र हिँड्न नसक्ने २४ वर्षीय छोरालाई बोकेर जिल्ला सदरमुकाम जान सकेका थिएनौँ । हालै प्रमुख जिल्ला अधिकारीसहितको टोली घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको छ’ उहाँले भन्नुभयो ।
स्थानीय मन्दिरा खतिवडाले पनि मेरुदण्डमा समस्या भएकी छोरीलाई छोरीलाई घरमै आएर नागरिकता प्रदान गर्दा सहज भएको बताउनुभयो । ‘बोल्न, सुन्न, हिँडडुल गर्न नसक्ने छोरीलाई बोकेर सदरमुकाम पुर्याउन निकै गाह्रो थियो । लामो कच्ची बाटोमा गाडीमा लिन पनि समस्या छ । पहिला अपाङ्गताको कार्ड बनाउन जाँदा मुस्किलले बोकेर लगिएको थियो, अहिले नागरिकता भने घरमै पाइयो’ उहाँले खुशी व्यक्त गर्नुभयो ।
यहाँ शुक्रबार पनि मेन्छ्यायेम गाउँपालिकाका बौद्धिक अपाङ्गता भएकी वडा नम्बर ६ की बालकुमारी थापा र वर्षा नेपाली, शारीरिक अपाङ्गता भएकी वडा नम्बर ५ की प्रमिला खतिवडा, वडा नम्बर ४ का विमल लिम्बू र सञ्सिता लिम्बूलाई घरमै गएर जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको थियो । यस्तै पालिकामा शनिबार पनि पाँचजना अपाङ्गता भएकाहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति