
काठमाडौँ । आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।
लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढ्दा त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार सुन आज तोलामा एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५८ हजार आठ रुपैयाँसय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा २ हजार एक सय रुपैयाँले वृद्धि भएको छ ।
आज चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार ९ सय १५ मा कारोबार भएको चाँदी आज एक हजार ९ सय २० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति