
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक अस्थिरताका कारण अहिलेको व्यवस्थाविरुद्ध अनेकौँ शक्तिहरु लागि परेकाले लोकतान्त्रिक शक्तिबीच समन्वय र एकताको आवश्यकता रहेको बताउनुभएको छ ।
पार्टीको बागमती प्रदेश कमिटीद्वारा आज आयोजित दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभामा अध्यक्ष नेपालले जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानका कारण अहिलेको उपलब्धि हासिल भएको बताउनुभयो ।
कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकाले त्यसैलाई सुधार्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले भ्रष्टाचार, व्यक्तिवाद, कुशासनको अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । मुलुकको राष्ट्रियता, अखण्डता साथै जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी संविधान संशोधन हुन नसक्ने उहाँको भनाइ छ ।
सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनको विकासक्रममा आफ्नो पार्टीले वैज्ञानिक समाजवाद अवलम्बन गरेको बताउँदै क्रान्तिकारी कार्यशैली सशक्त पार्टी निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न समाजवादको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले हालै सम्पन्न महाधिवेशनले सहमति र अग्रगमनको जनादेश दिएको बताउँदै नीति तथा कार्यदिशाअनुसार निम्न श्रमिक वर्गको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
महासचिव घनश्याम भुसालले संविधान जारी भएको एक दशकमा अपेक्षाकृत प्रगति हुन नसक्दा मुलुकको समग्र वाम आन्दोलनमा र हामीले गरेको विद्रोहमा चुनौती थपिएकाले वर्गीय विभेद, सामाजिक शोषणविरुद्ध सङ्घर्ष गर्ने कम्युनिष्ट पार्टीको खाँचो औँल्याउनुभयो । मुलुकमा भर पर्दो नेता नभएकाले सङ्घीय गणतान्त्रिक लोकतन्त्र र समाजवाद नेतृत्वविहीन रहेको विचार व्यक्त गर्नुभयो ।
पार्टी सचिव एवं कार्यक्रमका संयोजक सावित्रा भुसालले मुलुकको समसामयिक राजनीतिक तथा कार्यक्रमका विषयवस्तुमा जानकारी गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति