
काठमाडौँ । नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत् चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल भ्यालुयर्स एसोएिसनको छैटौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा यस क्षेत्रमा आबद्ध इञ्जिनीयरहरूले यस विषयमा जोड दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद सकलदेव सुतियारले पेशागत ज्ञान लिएर काम गर्दा समस्या नहुने बताउनुभयो । ज्ञान नहुनेले अरुसँग सिकेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
एसोसिएसनका संस्थापक अध्यक्ष वसन्तरमण रजौरेले धितो मूल्याङ्कन प्रक्रियामा लाग्नेहरूको छाता संस्थालाई संस्थागत स्वरुप दिन वर्तमान कार्य समितिले महत्त्वपूर्ण काम गरेको बताउनुभयो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अञ्जनीकुमार श्रेष्ठ, यस क्षेत्रका विज्ञ देवेन्द्रकुमार श्रेष्ठ, अध्यक्ष ऋषि कोइराला, उपाध्यक्ष लक्ष्मणबाबु सेढाइँ, महासचिव दीनेशकुमार पाठक, नेपाल इञ्जिनीयर्स एसोसिएसनका उपमहासचिव अनिल मानन्धर लगायतले धितो मूल्याङ्कन प्रक्रियामा देखापरेका समस्या र तिनको समाधानका लागि संस्थागत रूपमा गर्नुपर्ने कामका बारेमा जानकारी दिनुभएको थियो ।
अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष सञ्जयकुमार महतोले राससलाई जानकारी दिनुभयो । अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा संलग्न एक हजार २ सय इञ्जिनीयरको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति