
काठमाडौँ । म्यान्मारमा बाढीका कारण करिब ३ सय जनाको जीवन गुमेको छ ।
बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २ सय ९३ पुग्नुका साथै ८९ जना बेपत्ता भएको म्यान्मारको राष्ट्रिय दैनिक ‘द मिरर’ ले शुक्रबार जनाएको छ।
रिपोर्टअनुसार बाढीले म्यान्मारका विभिन्न क्षेत्र तथा राज्यहरूमा असर गरेको र बिहीबारसम्म ४७ हजार १९ घरधुरीका एक लाख ६१ हजार ५ सय ९२ बाढीपीडितले ४ सय २५ राहत शिविरमा आश्रय लिएको एक प्रतिवेदनले जनाएको छ ।
बाढीले ७ लाख ६६ हजार ५ सय ८६ हेक्टर बाली डुबानमा पर्नुका साथै एक लाख २९ हजार १ सय ५० जनावरको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । यागी नाम दिइएको आँधीका कारण बङ्गालको खाडीमा परेकोे न्यून चापीय प्रभावका कारण म्यान्मारमा भारी वर्षा भएको र व्यापक बाढी आएको जनाइएको छ ।
बाढी प्रभावित क्षेत्रको सरसफाई, स्वास्थ्य सेवा लगायत बाढी पीडितका लागि खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गर्न स्थानीय निकाय, उद्धार संस्था र बासिन्दा मिलेर काम गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति